पशु कल्याण ऐन तत्काल ल्याउन माग 

पशु अधिकारकर्मी भन्छन् , सहमतिमा कानुन नल्याए दबाब सिर्जना गर्छौ
सोमबार, फागुन १२, २०८१
मयुर प्लाई
Global Ime Bank

 

IMG-_-46_11zon-1740384259.jpg
लामो समयदेखि पशु कल्याणका लागि काम गर्दै आएको संस्था स्नेहाज केयरले हाल कानुन मन्त्रालयमा अड्किएको पशु कल्याण ऐन २०८१ को बारेमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । पशु विना मानव कल्याणका नहुने बताउँदै स्नेहाज केयरले संचारकर्मीसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको हो ।  स्नेहाज केयरकी संस्थापक अध्यक्ष तथा पशु अधिकारकर्मी स्नेहाज श्रेष्ठले पशु कल्याण ऐन लामो समयसम्म कानुन मन्त्रालयमा अड्किन नहुने बताइन् । श्रेष्ठले भारत, अमेरिका, स्विडेन, जर्मनी, साइप्रसलगायतले पशु कल्याण ऐन जारी गरेर आफ्नो देशमा पशुमाथि हुने दुव्र्यवहार, हिंसालाई रोकेको तर कुकुर, काग, गाईलाई पुज्ने देश नेपालमा पशु कल्याण ऐन आउन ढिला हुनु विडम्बनापूर्ण भएको बताइन् ।

IMG-_-40_11zon-1740384276.jpg
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपालमा पशुपन्छी र जनावरलाई पूजा गर्ने संस्कार  र संस्कृति भए पनि मन्दिरमा बलि चढाउने, मनोरञ्जनका लागि साँढे जुधाउने कामलाई परम्पराकै नाममा निरन्तरता गलत भएको बताइन् । उनले जनावरलाई क्रूरतापूर्वक हिंसा गर्नुलाई सामान्य मान्ने प्रवृत्तिविरुद्ध पशु कल्याण ऐनको आवश्यकता रहेको बताइन् । उनले भनिन् ,‘बोल्न सक्दैनन भन्दैमा जे पनि गर्न पाइन्छ १’ स्नेहाज केयरले सन् २०१५ देखि सडक, बस्तीमा मानव दुव्र्यवहारमा परेका, सडक दुर्घटनामा परेका अलपत्र पशुको उद्धार, उपचार र संरक्षण गर्दै आएको छ । स्नेहाज केयरका संस्थापक स्नेहा श्रेष्ठले आफ्नो घरमा पालेको कुकुरलाई छिमेकीले तातोपानी खन्याउने, कुट्नेलगायतका दुव्र्यवहार गरेपछि त्यसको कानुनी उपचार खोज्ने क्रममा पाएको असीमित दुःखपछि पशु कल्याणको क्षेत्रमा काम सुरु गरेकी हुन् । उनले भनिन् ,‘आफ्नो मुखले आफ्ना पीडा व्यक्त गर्न नसक्ने पशुमाथि हुने अत्याचारविरुद्ध बोल्छु भनेर स्नेहाज केयरको सुरु गरेकी हुँ । ।

IMG-_-45_11zon-1740384284.jpg
स्नेहा श्रेष्ठले प्रस्तुत गर्नुभएको कार्यपत्रमा मुलुकी अपराध संहिता २०७४, पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५, पशु ढुवानी मापदण्ड २०६४, पशु कल्याण निर्देशिका २०७३ र पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका, २०८० आए पनि पशुमाथिको हिंसामा कमी नआएको उल्लेख छ । उहाँले भन्नुभयो, जनावरमाथि दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्न  सजाय तोकेर नै कानुन आउनु पर्यो । ’ जनावरलाई ३ सय ६५ दिन नै माया र सम्मान गर्न उनले अनुरोध गरिन् । स्नेहाज केयरले पशु कल्याण ऐनको बारेमा सरोकारवालाहरुसँग चरणबद्ध रुपमा छलफल गरिरहेको छ ।IMG-_-97_11zon-1740384259.jpg

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार