स्वास्थ्यमन्त्री पौडेलले सपना मात्र बाँडे : सांसद तोसिमा कार्की

मंगलबार, फागुन १३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न माग गरेकी छिन् ।  प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पु¥याउँछु भनेर मन्त्री पौडेलले सपना बाँडेपनि अहिले बीमा नै बन्द हुने अवस्थामा पुगेको भन्दै तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गर्न सुझाव दिइन् ।  उनले भनिन्,‘स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पु¥याउँछु भन्ने महत्वकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्यूबाट नै अब यो भुक्तानी गर्न सकिएन, बजेट पुगेन स्वास्थ्य बीमा बन्द हुन लाग्यो भनेर लाचार अभिव्यक्ति सुन्दा दुःख लागेको छ । स्वास्थ्य बीमा ल्यायौं भनेर जस लिन खोज्ने अनि यसलाई अलपत्र पारेर बर्षौदेखि जम्मा २६ देखि २८ प्रतिशत मात्र पहुँच राखेर कार्यक्रमलाई धरासयी बनाएपछि हतोत्साहीत हुने बानी राम्रो भएन ।  यदी उपयुक्त सल्लाह लिन सकिँदैन, अध्ययन, तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला । हामी सुझाव दिन तयार छौं ।’ 
 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ०५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार