‘नारायणहिटी खाली गर’ भन्दै धनगढीमा राप्रपाले निकाल्यो मोटरसाइकल र्‌याली

मंगलबार, फागुन १३, २०८१
मयुर प्लाई

काठमाडौं । राजसंस्थालाई संविधानमा स्पेस दिनुपर्ने मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले कैलालीको धनगढीमा मंगलबार मोरसाइकल र्याली निकालेको छ । ‘नारायणहिटी खाली गर’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, लगायतका नारा लगाउँदै राजसंस्था, सनातन हिन्दु अधिराज्यको पक्षमा धनगढीमा बृहत मोटरसाइकल र्‍याली निकालिएको हो । राप्रपाले हालै मात्र पोखरामा विरोध सभा आयोजना गरेको थियो । उसले राजसंस्था पुनःस्थापनाको माग गर्दै सडक र सदन दुवैतिर आन्दोलन चर्काउने घोषणा गरेको छ । हालै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आह्वानलाई राप्रपाले औपचारिक रूपमै स्वागत गरेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार