सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं महानगरपालिकाले ४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको छ । जसमध्ये ३८ जना बाल संरक्षण गृहमा छन्। ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सातको मुद्दालाई न्यायिक प्रक्रिया अगाडि बढाइएको छ । जसमा चारजनाको जबर्जस्ती करणी, दुईजना बालिकाको बाल यौन दुर्व्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको विषय छ । पछिल्ला दुई घटनामा भने महानगरपालिकाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई नै जाहेरीसरह मानी सोही आधारमा मुद्दा चलाइएको