सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडामा रहेको सामुदायिक विद्यालय पद्म प्रकाश मा.वि.ले आफ्नो स्थापनाको ४१ औं वार्षिक उत्सव, अभिभावक दिवस तथा शैक्षिक सामग्री प्रदर्शन २०८१ सम्पन्न गरेको छ । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त मजर्हनको प्रमुख आतिथ्यमा प्रदेश सांसद रघुनाथ महर्जन विशेष अतिथि रहेको समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् ललितपुर महानगर २३ नं. वडाका वडा अध्यक्ष जीवन महर्जनको सभापतित्वमा आयोजना भएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिका शिक्षा महाशाखाका शिक्षा निर्देशक देवीप्रसाद उपाध्याय विशेष अतिथि रहनु भएको थियो । विद्यालयका संस्थापक स्वर्गीय जगतबहादुर बाँनियाको तस्बिरमा माल्यर्पण गरी सुरु गरिएको कार्याक्रममा २०८० सालमा एसईई उत्तीर्ण विद्यार्थी तथा कक्षागत रुपमा प्रथम, द्धितिय र तृतीय हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । शैक्षिक प्रदर्शनीका उत्कृष्ण विद्यार्थीहरुलाई नगद र प्रमाणपत्र र मेडलद्धारा सम्मान तथा विद्यालयमा १५ वर्षदेखि कार्यरत शिक्षक सविन्द्र महर्जन, राधा शर्मालाई सम्मान, सेवा निवृत्त शिक्षक यामनाथ खनाल र निवर्तमान शिक्षा प्रमुख महेन्द्रबहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो ।