काठमाडौंमा साँढे दुई तले घर बनाउन न्यूनतम ७० लाख, वास्तुमा ध्यान दिन सुझाव

शनिबार, फागुन १७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । स्कील सेवाले आयोजना गरेको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ (महोत्सव) सम्पन्न भएको छ । काठमाडौंस्थित बुद्धनगरको क्लालिटी ब्यान्क्वेटमा  फागुन १५ गतेबाट सुरु भएको घर निर्माण फेस्ट १७ गते शनिबार सम्पन्न भएको हो ।  महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण एवं पुराना घरकारको मर्मत सम्भारको लागि आवश्यक ज्ञान, सीप प्रविधिबारे चेतना जगाउनु रहेको आयोजकले जनाएको छ । घर व्यक्तिका लागि आफू बस्ने सबैभन्दा मूल्यवान सम्पत्ति भएकाले यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दो, सुरक्षित एवं दिगो बनाउन जरुरी हुने र महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षासहित फेस्ट आयोजना गरिएको कम्पनीका सेल्स हेड प्रविन गेलालले बताए ।
यसैगरी  नेपाल न्यूज बैंकसँग कुरा गर्दै गेलालले घर निर्माणका क्रममा प्रयोग गरिने सामग्री र प्रविधिबारे जानकारी गराउन ‘कन्स्ट्रक्सन डेमोन्स्ट्रेसन’ समेत राखिएको छ, जसमा बलियो र टिकाउ घर निर्माणका लागि आवश्यक मापदण्डबारे जानकारी दिइएको समेत बताए । उनले डन्डी तथा अन्य निर्माण सामग्री प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू विशेष रूपमा ‘शोकेस’ गरिएको बताए । उनले भने, ‘पछिल्लो समय जति पनि घर बनाउनका लागि मान्छेहरु आइरहनु भएको छ, उहाँहरुले प्रयोग गर्न सजिलो हुने, पुराना शैलीका भन्दा पनि मोर्डन डिजाइन बढी मन पराउने, ओपन लेआउट भएका घरहरु बनाउन बढी रुचाइरहनु भएको छ,’उनले अगाडि भने,‘डन्डी तथा अन्य निर्माण सामग्री प्रयोग गर्दा ध्यान दिनुपर्ने धेरै कुराहरु छन् । त्यसलाई हामीले ‘शोकेस’ गरेका छौं ।  हरेक पालिका, वडा कार्यालयले तोकेको मापदण्ड अनुसार वा सरकारी स्वामित्वमा रहेर घर बनाउनुपर्छ । जुन नक्सा पासदेखि नै प्रोसेसिङ हुन्छ ।’ न्यूनतम मापदण्डको कुरा गर्दा बाटोबाट कति छाडेर बनाउने, टाँसेको बनाउँदा कति घरसम्म टासेर बनाउने, घरको स्टकचर बनाउँदा कतिवटा डण्डीहरु प्रयोग गरेर बनाउनेलगायतका विषयमा कोड तयार गरिएको हुन्छ । कोड भन्दा बाहिर छ भने नक्सा पास नहुने उनी बताउँछन् । पछिल्लो समय नेपालमा भूकम्प धेरै नै जान थालेको भवन निर्माण आंचारसहितालाई पालना गर्नुपर्ने उनको सुझाव छ । साथै उनले पछिल्लो  समय  काठमाडौंमा साँढे दुई तलाको घर बनाउँदा बेसिक खर्च लगभग ७० देखि ८० लाख हुने बताए । उनले बंगला स्टाइलको घर नेपालमा कम निर्माण हुने तथा  सबैभन्दा धेरै अहिले रुचाइका घरहरुमा एकदुई तला भाडामा दिने,त्यो भन्दा माथि आफू प्रयोग हुने खालका घरहरु बढी रुचाइको बताए । 


‘धेरै सस्तो घर पनि बलियो हुँदैन । बलियो घर बनाउनका लागि स्टकचर निर्माणका लागि इन्जिनियरिङ कन्सलटेन्सबाट लिएर मापदण्डका कुराहरुमा ध्यान दिनुपर्छ । काठमाडौंका बेसिक साँढे दुई तलाको घर बनाउनुहुन्छ भने लगभग ७० देखि ८० लाख खर्च हुन्छ,’ उनले भने । देशका विभिन्न पालिकाहरुले स्थानीय मौलिकता, संस्कृति र सभ्यतालाई ध्यान दिएर घर निर्माणको मापदण्ड तय गरेकाले सो को पालना गर्नुपर्ने बाध्यता पनि छ । ‘भक्तपुरको  दरबारस्वायर एरियामा नगरपालिकाले नै बेसिक ट्रेडेसन्ल मापदण्ड नै  फलो गरिरहेको छ ।  बाहिरबाट हेर्दा ट्रेडेसन्ल देखिए पनि भित्र चाँही युजिबलिटीका आधारमा बनाइरहेका छन् । बंगला स्टाइलको घर नेपालमा कम बनाइन्छन् । सबै भन्दा धेरै अहिले रुचाइका घरहरुमा एकदुई तला भाडामा दिने,त्यो भन्दा माथि आफू प्रयोग हुने खालका घरहरु बढी रुचाइका छन् । अहिले नेपालमा हाउजिङ नै विस्थापित भइसकेको छैन, अब यो विस्थापित हुन अलि लामो समय लाग्नसक्छ ।’
वास्तुमा ध्यान दिने
यसैगरी आर्टिटेक वास्तु कन्सलटेन्ट डिजाइनर रोशन अधिकारीले घर निर्माण गर्दा वास्तु हेराउने चलन बढ्दै गएको सुनाए । उनले नयाँ घर बनाउँदा मान्छेहरु वास्तु हेराउने प्रचलन अहिले पनि रहेको बताए । 
उनले भने, ‘घर निर्माण गर्दा वास्तु हेराउने चलन राम्रो हो । वास्तु भनेको एउटा शक्ति हो । वास्तु पाँचवटा तत्वहरुबाट बनेको हुन्छ । आकाश, धर्ती, पानी, जल यिनीहरुबाटै बनेको हुन्छ । धर्तीलाई के कुराले प्रभाव पार्छ भने सातवटा ग्रहले प्रभाव पार्छ । ३३ वटा भगवान हुन्छन् भने १२ वटा राक्षस गण हुन्छ । त्यो शक्तिलाई हटाउनको लागि वास्तुको प्रयोग गर्छौं । आनन्द लिएर घरमा बस्नको लागि वास्तुको प्रयोग गर्नैपर्छ । त्यही आधारमा वास्तु हेराउनु भयो भने सुख, शान्ति प्राप्त हुन्छ । सबैको घरमा वास्तु फरक नै हुनेगर्छ ।’
होम लोनको प्रक्रिया
यसैगरी नविल बैंकमा कार्यरत विपिन भट्टराईले नयाँ घर बनाउँदा बैंकले धितोको गुणस्तर कस्तो छ भन्ने कुरालाई पुष्टि गरेर मात्र लोन दिने बताए । उनले नविल बैंकले अहिले होम लोनमा तीनवटा ब्याजदरको प्रकार ल्याएको बताए । 
उनले भने, ‘होम लोन भनेर छुट्टै भन्ने हुँदैन् । प्रक्रियागत रुपमा जाँदा सबै लोन लिने प्रक्रिया एउटै नै हुन्छ । बैंकले लोन दिने बेला हेर्ने भनेको एउटा धितो हो । धितोको गुणस्तर कस्तो छ भन्ने कुरा हेरिन्छ । त्यसपछि आयस्रोत हेर्ने हो । धितोले बैंकलाई सुरक्षण गराउँछ । आय भनेको किस्ता तिर्न ग्यारेन्टीका लागि हो ।’
प्रक्रियाका कुरा गर्दा धितोको मूल्यांकन पहिलो प्राथमिकतामा राखिने उनले बताए । घर बनाउने की किन्ने भन्ने कुराले पनि धेरै कुराको निर्धारण गर्ने गर्छ । ‘घर बनाउने हो भने जुन जग्गामा घर बनाउँदैछौं त्यो जग्गाको मूल्यांकन गर्नुपर्छ । घर किन्ने हो भने त्यो घर जग्गाको मूल्यांकन गर्नुपर्छ ।  इन्जिनियरबाट मूल्यांकन भएपछि त्यसको ६० प्रतिशतसम्म लोन दिन मिल्छ, त्यसपछि आयस्रोतको विवरणहरु हेर्नुपर्ने हुन्छ । मूल्यांकन गरेर आयस्रोतको विवरण, कागजहरु ठिकठाक भए लोनको प्रक्रिया सुरु हुन्छ र पाँचदेखि सात दिनसम्ममा सबै काम सकिन्छ,’ उनले भने ।
धितोको लागि जग्गाको लालपूर्जा, चार किल्ला, तिरो तिरेको रसिद, नक्सालगायतका कागजात चाहिने उनले जानकारी दिए । ‘जग्गा खरिद गरेको हो भने राजीनामा पत्र, अंशबण्डाबाट आएको हो भने त्यसको कागजहरु चाहिन्छ । निर्माण भएको घर छ भने निर्माण इजाजतपत्र, निर्माण सम्पन्न र घरको नक्साहरु चाहिन्छ । घर निर्माण गर्दै गरेको हो भने नक्सापास, इजाजतपत्रका आधारमा लोनको काम अगाडि बढाउन सकिन्छ,’ उनले भने । बैंकले दिने ब्याज अहिले दुई प्रकारको हुने गरेको छ । एउटा फिक्स रेट भन्ने हुन्छ जुन परिवर्तन हुदैँन् । अर्को भने फ्लोटिङ् इन्ट्रेस रेट हो । त्यो प्र्रत्येक महिना परिवर्तन हुन्छ । 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार