हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या, पहिले मारिएका थिए भाइ

आइतबार, फागुन १८, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । हरियाणाको साम्पलामा कांग्रेस नेतृ हिमानी नरवालको हत्या भएको छ । उनको शव सुटकेसमा फेला परेको थियो। हिमानीको हातमा मेहेन्दी, घाँटीमा स्कार्फ र नाकबाट रगत बगिरहेको प्रहरीले जनाएको छ । २२ वर्षीया हिमानी नरवालको घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनको शव शनिबार बिहान साम्पला बस स्ट्यान्ड नजिकै रोहतक(दिल्ली सडकको छेउमा सुटकेसमा फेला परेको थियो। हिमानी रोहतकमा सक्रिय कांग्रेस कार्यकर्ता थिइन् । उनी राहुल गान्धीको भारत जोडो यात्रामा पनि संलग्न थिइन् । पूर्व मुख्यमन्त्री भूपेन्द्र सिंह हुड्डाले हिमानीको हत्याको उच्चस्तरीय अनुसन्धानको माग गरेका छन्। विजय नगरमा बस्ने हिमानीका छिमेकीहरूले हिमानी नरवाल घरमा एक्लै बस्ने गरेको बताएका छन्। आमा र कान्छो भाइ दिल्लीमा बस्छन्। प्रहरीका अनुसार उनको जेठो भाइको करिब १५ वर्षअघि हत्या भएको थियो। यसपछि हिमानी करिब दुई वर्षअघि आफ्नी हजुरआमासँग दिल्ली बस्ने गर्थिन् । हजुरआमाको मृत्युपछि उनी एक्लै बस्दै आएकी थिइन्। पोस्टमार्टमपछि उनको हत्याबारे भन्न सकिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार