सुशासनबिना दिगो विकास असम्भव : मुख्यमन्त्री सिंह 

आइतबार, फागुन १८, २०८१
मयुर प्लाई

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सुशासन बिना दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने भएकाले प्रदेश सरकार सुशासनका लागि प्रतिबद्ध रहेको बताएका छन् । आइतबार जनकपुरधाममा सम्पन्न राष्ट्रिय सदाचार नीति, दिगो विकास र सङ्कल्प प्रस्ताव सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै उनले मुलुकमा नै प्रभावकारी नीति कार्यान्वयन गर्न सके विदेशिने युवालाई स्वदेशमै समेटेर समृद्धि हासिल गर्न सकिने बताए । मुख्यमन्त्री सिंहले प्रदेश सरकार सुशासन र दिगो विकासमा केन्द्रित रहे पनि आफ्नै प्रहरी, निर्णय तहका निजामती कर्मचारी तथा पर्याप्त बजेटको अभावमा चुनौती सामना गरिरहेको पनि बताए । 
राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला देवी पन्तले सुशासनको अभावमा कुनै पनि लक्ष्य पूरा गर्न कठिन हुने बताउँदै प्रदेश स्तरमा कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । त्यसैगरी, सोही समितिका सदस्य डा. अन्जान शाक्यले संघ, प्रदेश तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । मधेश प्रदेश सरकारका अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले प्रदेशको बजेट दिगो विकासका लक्ष्य पूरा गर्न लक्षित गरी परिचालन भइरहेको दाबी गरे । Photo---2025-03-02T222610.340-1740934150.jpg
 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार