इटालियन गोलकिपर बुफोनसँग प्रधानमन्त्री ओलीको चियानास्ता

सोमबार, फागुन १९, २०८१
मयुर प्लाई

काठमाडौं। इटालियन गोलकिपर जियान लुइगी बुफोनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् । केपी ओली कप फुटबल प्रतियोगितामा सहभागी हुन आइतबार नेपाल आइपुगेका बुफोनले सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । सो अवसरमा इटाली र नेपालको सम्बन्धका साथै फुटबल खेलबारे विचार विमर्श भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ‘नेपाल आउनु भएका जियान लुइगी बुफोनसँग आज बिहान सँगै चियानास्ता गर्ने अवसर मिल्यो । उहाँको नेपाल बसाइ सुखद् रहोस्,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । राष्ट्रिय युवा संघले आयोजना गरेको केपी ओली कपको आज फाइनल खेल हुँदैछ । बुफोन सोही कार्यक्रममा सहभागी हुनेछन् । फाइनलमा मच्छिन्द्र र नेपाल आर्मीबीच उपाधि भिडन्त हुनेछ ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार