नेप्से परिसूचक २९ सय नाघ्यो, तीन घन्टामै ६ अर्बको कारोबार

सोमबार, फागुन १९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ महिनापछि २९ सय विन्दुमा पुगेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २१ अंकले बढेर २९११.५५ विन्दुमा पुगेको छ । यसअघि २०७८ भदौमा र गत ०८१ भदौमा २९ सय पुगेको थियो । मौद्रिक नीतिमा नीतिगत सुधार भएसँगै सेयर बजारमा उछाल आएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट १ प्रतिशतमा झरेपछि बैंकहरुको नाफा बढ्ने अनुमान गरिएको छ । जसले सुस्त रहेको बैंकको सेयर मूल्य उचालिएको छ । कारोबार सुरु भएको तीन घन्टामै ६ अर्बमाथिको कारोबार भइसकेको छ । जलविद्युत, फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ता झुम्मिएका छन

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
आज सुनचाँदीको मुल्य कति छ ?
सोमबार, फागुन १९, २०८१