सोसल मिडिया
Contact Us
युनिकोड
कैलालीको अत्तरियामा भएको स्कुटर दुर्घटनामा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ। प्रहरी नायब निरीक्षक ३४ वर्षीय योगेन्द्रबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बोहरा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको निजी सुरक्षा गार्ड (पिएसओ)को रूपमा कार्यरत थिए। उनी सवार सु.प.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटर धनगढी–अत्तरिया ६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका–२ मा आज बिहान दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार बोहराले चलाएको स्कुटर अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते बोहरालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएकोमा केहीबेरमा निधन भएको प्रहरी निरीक्षक खड्काले बताए। मृतक प्रहरी नायब निरीक्षक बोहरा बझाङको मष्टा गाउँपालिका– ७ का बासिन्दा हुन्।