पारस शाहको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

सोमबार, फागुन १९, २०८१
मयुर प्लाई
Global Ime Bank

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । शाह आइतबार बेलुकी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्। अस्पताल स्रोतले पारस आइतबार साँझ अस्पताल भर्ना भएको र अहिले उपचार जारी रहेको जानकारी दिएको छ । पारसलाई मुटुसम्बन्धी समस्या देखिएको बुझिएको छ । पारसलाई यसअघि विभिन्न समयमा गरी यसअघि तीन पटक हृदयाघात भएको थियो।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार