आज यस्तो छ विदेशी मुद्राको विनिमय दर 

मंगलबार, फागुन २०, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार,अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपियाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपियाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपियाँ ४७ पैसा र बिक्रीदर एक सय ७७ रुपियाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपियाँ ७९ पैसा र बिक्रीदर एक सय ५५ रुपियाँ ४६ पैसा तोकिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८३ पैसा र बिक्रीदर ८७ रुपियाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ६९ पैसा र बिक्रीदर ९७ रुपियाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ४६ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ९० पैसा कायम भएको छ ।
त्यसैगरी जापानी येन १० को खरिददर नौ रुपियाँ २५ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १३ पैसा र बिक्रीदर १९ रुपियाँ २१ पैसा र बिक्रीदर ३७ रुपियाँ ३६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २८ पैसा र बिक्रीदर ३८ रुपियाँ ४४ पैसा कायम भएको बैंकले जनाएको छ । थाई भाट एकको खरिददर चार रुपियाँ आठ पैसा र बिक्रीदर चार रुपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ९९ पैसा र बिक्रीदर ३८ रुपियाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २४ पैसा र बिक्रीदर ३१ रुपियाँ ३७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार