सोसल मिडिया
Contact Us
युनिकोड
कठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले धर्म छाड्यो भने सबै ध्वस्त हुने बताएका छन् । काठमाडौंमा बुधबार आयोजित गोदा वेणुगोपाल भगवानको प्राण प्रतिष्ठा एवम् महा संप्रोक्षण कार्यक्रममा बोल्दै उनले अहिलेसम्मको जीवनकालमा फर्केर हेर्ने हो भने धर्म छाड्यो कि सबै ध्वस्त हुने रहेछ भन्ने अनुभव भएको बताएका हुन् । उनले भने, ‘मलाई पनि लाग्छ । अहिले चाँही फर्केर हेर्दा लामो अनुभवले मलाई के भन्छ भने धर्म छाड्यो कि सबै ध्वस्त हुने रहेछ । त्यसैले धर्मसँग हाम्रा सभ्यताहरू, संस्कृतिहरू, परम्पराहरू र रितिरिवाजहरू सबै जोडिएका छन् ।’
त्यस्तै, उनले आधुनिकताको नाममा आज धेरै कुराहरू यताउता पारिएको पनि बताए । उनले भने, ‘जुन मुद्दामा तामा र तुलसि छोएर यो कुरा बोल भन्दा झुटो बोल्दैन्थ्यो । तर आज त्यो सबै मान्यता छैन । तर त्यो सबै धर्मले नै गरेको थियो । आधुनिकताको नाममा आज हामीले धेरै कुराहरू यताउता पारेको छौं ।’ प्रधानन्यायाधीश राउतले धर्मले न्याय र सत्यको पक्षमा उभिन मद्दत गर्ने बताए । धर्मको विशालता र व्यापकता शब्दमा व्यक्त गर्न नसिकिने भन्दै उनले धर्मसँग पवित्र कर्महरू र कल्याणकार्य मात्र नभई धर्मसँग नौतिकताको कुरा, नौतिक आचरणको कुरा पवित्रताको कुरा पनि जोडिने बताए ।