सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले प्रत्यक्षमा लडेर नै राजनीतिमा ३३ प्रतिशत महिला सहभागिता पुर्याउनु पर्ने बताएकी छन् । बुधबार काठमाडौंमा ११५ औं नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानले दिएको ३३ प्रतिशतमा पनि समानुपातिक विभिन्न अरु क्षेत्रबाट पनि रहनु चित्त नबुझेको भन्दै प्रत्यक्षमा लडेर राजनीतिमा आउन आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला आज हामी छौं, संविधानले दिएको तर, हामी ३३ प्रतिशतमा पनि समानुपातिक विभिन्न क्षेत्रबाट छौं कति चित्त बुझेको छैन । त्यसैले ३३ प्रतिशत चाँही हामी महिलाहरू प्रत्यक्षमा लडेर राजनीतिमा आउनुपर्छ भने हरेक क्षेत्रमा आर्थिक रुपान्तरणमा, सामाजिक रुपान्तरणमा र राजनीतिक रुपान्तरणमा डटेर अगाडि बढ्नुपर्छ ।’ उनले आफू उपसभामुख भएता पनि बालबालिकाको लागि जीवनको गन्तव्य बनाउने भन्दै समाजप्रति गरेको समाजप्रतिको प्रतिबद्धता नबिर्सेको बताईन् । महिलाहरू नारी शक्तिको साथसाथै मातृ शक्ति पनि हुनुपर्ने उनको भनाई छ । उनले भनिन्, ‘संस्कृति रुपान्तरणमा पनि हामी डटेर लाग्नुपर्छ किनकी संस्कृति, भाषा, हाम्रो संस्कार हामीले विर्सनु हुन्न । म उपसभामुख भएता पनि मैले जुन प्रतिवद्धता गरेको थिए समाजप्रति बालबालिकाको लागि जीवनको गन्तव्य बनाउँछु भन्ने त्यो मैले छाडेको छैन । महिलाहरू नारी शक्तिको साथसाथै मातृ शक्ति पनि हुनुपर्छ ।’