सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले जनकपुरधामस्थित चक्रपथ सडकको शिलन्यास गरेका छन् । बुधवार जनकपुरधाम उपमहागरपालिका वडा नं.२५ लोहनामा आयोजित शिलन्यास समारोहमा महासेठले चक्रपथ सडकको शिलन्यास गरेका हुन् । ३२ किलोमिटर लम्बाई भएको सो चक्रपथ सडकले कपिलेश्वर, महुवा, लोहना, कुवारामपुर, देवपुरा रुपैठा, बसहिया, बिन्दही, बसबिट्टी, कुर्था, लक्ष्मिनिया, ठेरा, बेङ्गा शिवपुरलाई जोड्ने छ । पहिलो चरण अन्तर्गत अहिले जम्मा ६ करोड ३० लाख १७ हजार ६ सय ७७ रुपैयाँमा ठेक्का लागेको छ भने सम्पूर्ण निर्माण खर्च ११.३१ करोड रुपैयाँ अनुमान गरिएको छ । शिलन्यास समारोहमा बोल्दै नेता महासेठले जनकपुरधाम उपमहानगरपालिका आउने दिनमा महानगरपालिका हुने रिंङग रोडको आवश्यकतालाई मध्येनजर गर्दै आफूले भौतिक पूर्वाधार मन्त्री रहेको समयमा चक्रपथ निर्माणका लागि बजेट छुट्टयाउन लगाएको जानकारी दिए । उनले ०८२/८३को बजेटमा यस योजनालाई बहुउद्देश्यमा लैजाने गरी काम भइरहेको बताए । मन्त्री महासेठले यो योजना एमाले वा कुनै पार्टीको नभई नेपाल सरकारको रहेको भन्दै जनताकालागि गरिने विकास निर्माणका काममा कसैले पनि अवरोध सृजना नगर्न आग्रह समेत गरे । शिलन्यास कार्यक्रममा पूर्व मन्त्री जुली महतो, पूर्व मन्त्री अरविन्द साह, प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादव लगायतको उपस्थिति रहेको थियो ।