बासुकी नाग महिला समूहको विक्री कक्ष र उत्पादन केन्द्र संचालन 

बुधबार, फागुन २१, २०८१
मयुर प्लाई
Global Ime Bank

ललितपुर । ललितपुर महानगर वडा नं.१३ मा अवस्थित बासुकी नाग महिला समूहकोे विक्री कक्ष  र उत्पादन केन्द्र संचालनमा आएको छ । उक्त केन्द्रमा बासुकी नाग महिला समूहले संंचालन गरेको तालिम पश्चात उत्पादन भएका सामग्रीलाई उक्त केन्द्रमा राखिएको छ । उक्त विक्री कक्ष र उत्पादन केन्द्रको ललितपुर महानगरका प्रमुख चिरीबाबी महर्जनले उद्घाटन गरे । उद्यमशीलतालाई प्रबद्र्धन गर्न सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ललितपुर महानगरले धेरै किसिमको तालिम संचालन गरेको बताउँदै तालिम लिएकाहरुलाई उनले काम गर्न अनुरोध गरे । उनले भने, ‘ काम गर्न चाहनु हुन्छ भने हामी सिड मनीको व्यवस्था गर्छौ । ’ महानगरमा आउने पाहुनालाई केन्द्रमा राखेका सामान उपहार दिने बताए । 

WhatsApp-Image-2025-03-05-at-17.47.05-1741176286.jpeg
आर्थिक विकास समितिका संयोजक एवम् वडा नं.२१ का वडा अधयक्ष रविन्द्र महर्जनले समृद्धिको लागि सीप विकास र आर्थिक आयआर्जन महत्व भएको बताए । मृद्धिका लागि सीप,उत्पादन र बजारिकरण महत्वपूर्ण भएको उनको भनाई थियो । विदेश जाने तयारी गरेका युवा महानगरले उपलब्ध गराएको सिड पूँजीबाट उद्यमी बनेको बताए । उनले भने, ‘खोकनामा तितौरा उत्पादन भएको छ । धापाखेलमा जुत्ता बनाउने काम सुरु गर्नु भएको छ । ’ललितपुर महानगर वडा नं.१३ का वडा सदस्य सरु जोशीले महिलाहरु आर्थिक रुपमा सक्षम नभएसम्म सशक्त नहुने बताउँदै महिलालाई उद्यमशीलतासँग जोड्न यो केन्द्र संचालनको ल्याएको बताइन् । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवम् प्रवक्ता उद्योग, संस्कृति पर्यटन समितिका संयोजकको उपस्थिति रहेको छ । 
बासुकी नाग महिला समूहकी अध्यक्ष कोपिला रिजालले आर्थिक रुपमा महिला आत्मनिर्भर नभएसम्म  सशक्तिकरण नहुने बताइन् ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार