मौसम पूर्वानुमान : देशका अधिकांश भागमा मौसम सफा रहने

बिहीबार, फागुन २२, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।  महाशाखाका अनुसार अहिले केही भूभागमा आंशिक बदली रहनुका साथै बाँकी भागको मौसम सफा रहेको छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । आज दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम  सफा रहनेछ । यसैगरी, आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार