मस्क भन्छन्- अन्तरिक्ष यात्री सुनिता र विल्मोरको फिर्तामा ढिलाइ हुनुमा बाइडेनको दोष

बिहीबार, फागुन २२, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । अमेरिकी अर्बपति व्यवसायी तथा ट्रम्प प्रशासनमा महत्वपूर्ण पदमा रहेका एलन मस्कले बाइडेन सरकारले अन्तरिक्ष यात्रीहरूको फिर्तामा ढिलाइ गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै मस्कले भनेका छन्- 'अन्तरिक्ष यात्रीहरू त्यहाँ केवल ८ दिन बस्नु पर्ने थियो र अब उनीहरू त्यहाँ ८ महिना बिताइसकेका छन् । स्पेसएक्सले ६ महिना अगाडि नै अर्को ड्र्यागन पठाएर फिर्ता ल्याउन सक्थ्यो, तर बाइडेन प्रशासनले त्यसलाई अनुमति दिन अस्वीकार गर्यो ।' उनले अगाडी भनेका छन्- 'राष्ट्रपति ट्रम्पले हामीलाई उनीहरुलाई सकेसम्म चाँडो फिर्ता ल्याउन भनेका छन् र हामी त्यसो गरिरहेका छौं ।' अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर गत वर्ष जुन ५ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको परीक्षण अभियानमा गएका थिए । तर नासाले अन्तरिक्षयानलाई फिर्ताको लागि असुरक्षित ठानेपछि उनीहरुको पृथ्वीमा फर्किने अभियान अनिश्चितकालीन ढिलाइ भएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार