सोसल मिडिया
Contact Us
युनिकोड
गोटीखेल (ललितपुर) । ललितपुर महानगरपालि १४ नं. वडाका जनप्रतिनिधि, स्वास्थ्य स्वयम् सेविका तथा टोल हेल्थ प्रमोटर(टिएचपी)को टोली ललितपुरकै दक्षिणी भेगमा पर्ने विकट महाँकाल गाउँपालिकाको असल अभ्यास बुझन् अवलोकन भ्रमण गरेको छ । महानगरको १४ नं. वडाका वडाअध्यक्ष अमृत जंग महतको नेतृत्वमा वडाका कर्मचारी, महिला स्वास्थ्य स्वयम् सेविका र टिएचपीसहितको टोली महाँकाल गाउँ पालिका अध्यक्ष गणेशबहादुर केसी तथा गोटीखेल स्वास्थ्या चौकीका प्रमुखसँग गाउँ पालिकाको विविध पक्षसहित स्वास्थ्य चौकीको सेवा र महिला स्वास्थ्य स्वयम् सेविकाका बारेमा जिज्ञासा राखेको थियो । गाउँ पालिका अध्यक्ष गणेशबहादुर केसीले गत असोज ११ र १२ गते आएको भीषण बाढी पहिलोपछिको महाँकाल गाउँपालिकाको अवस्था, ललितपुर महानगरपालिकाको सहयोग, संघीय सरकार तथा प्रदेश सरकारले विपद्मा गरेको सहयोग, पालिकाको विकास निर्माणसहित स्वास्थ्य क्षेत्रका बारेमा जानकारी गराउनु भएको थियो । गाउँपालिका अध्यक्ष केसीलाई महानगर १४ नं. वडाका वडाअध्यक्ष महत, वडा सचिव सुलोचना लुइँटेलले विभिन्न जिज्ञासा राख्नु भएको थियो ।