वसन्तपुरमा चीर ठड्याएसँगै यस वर्षको होली आजबाट सुरु

शुक्रबार, फागुन २३, २०८१
मयुर प्लाई
Global Ime Bank

वसन्तपुरमा चीर ठड्याएसँगै यस वर्षको होलीआजबाट सुरु 
काठमाडौं । आजबाट रङ्गहरूको पर्वले चिनिने होली सुरु भएको छ । यसै अवसरमा शुक्रवार बिहान काठमाडौँको वसन्तपुरमा चीर ठड्याइएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको बसन्तपुरस्थित हनुमान ढोका दरबार अगाडी चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मान्ने प्रचलन छ । चीर ठड्याउन भेला भएका सबैले एकअर्कालाई अबिर दलेर होली पर्वको सुरुवात गरेका थिए । यस वर्षको होली पर्व भने फागुन २९ गते पहाडी जिल्लामा र चैत १ गते तराईमा परेको छ । सरकारले होली पर्वका दिन सार्वजनिक बिदा दिने गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार