सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र रसियाका राजदुत एलेक्स नोबीकोबबीच भेटवार्ता भएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा आउँदो साता रसियाको उलान उदे सहरसँग भगिनी सम्बन्ध कायम गर्न जानु अघि नगर प्रमुख महर्जन र रसियाका राजदुतबीच भेटवार्ता भएको हो । नगर प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्ध रसियाका जनता र नेपालका जनताबीच सम्बन्ध स्थापित गर्नका लागि कोशेढुंगा सावित हुने बताए । राजदुतसँगको भेटपछि नगरप्रमुख महर्जनले भने, ’असल अभ्यासहरु आदानप्रदान गर्नका लागि यो सम्बन्ध महत्वपूर्ण हुनेछ ।’ कोरियाको चेओरन नगरसँग ललितपुर महानगरले भगिनी सम्बन्ध कायम भएको बताउँदै कृषि क्षेत्रमा ललितपुरलाई चेओरन सहरले सहयोग गरेको बताए । ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, संस्कृति पर्यटन तथा उद्योग समितिका संयोजक एवम वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठ, महानगरका अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्ट पनि भेटवार्तामा सहभागी थिए ।
राजदुतले पानी शुद्धिकरणको क्षेत्रमा काम गर्दै आएको रसियन हाइड्रो सम्बन्धी कम्पनीसँग भेट गर्न सल्लाह दिए । राजदुत एलेक्स नोबीकोबले रसियाको सहरसँग भगिनी सम्बन्ध कायम हुन लागेको जानकारी पाउँदा खुशी लागेको बताए । सहरबीचको एकता र सहकार्यको सन्दर्भ पनि छलफल गर्न उनले अनुरोध गरे । नगरप्रमुख महर्जनले ललितपुर महानगरले सम्पदा संरक्षण, हरियाली प्रबद्र्धन र वातावरण संरक्षणमा गरेको कामबारे भेटवार्ताका क्रममा जानकारी गराएका थिए ।