सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो । सभामुख देवराज घिमिरेले उक्त विधेयकमाथि संशोधन पेस गर्न चाहने सांसदले संसद् सचिवालयको विधेयक शाखामा आफ्नो संशोधन दर्ता गराउन सक्ने जानकारी गराए । विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले हरितगृह ग्यास उत्सर्जनबाट वातावरणमा पर्ने प्रभाव न्यूनीकरण तथा अनुकूलनमार्फत हरित अर्थतन्त्र प्रवद्र्धन, ऊर्जा सम्मिश्रण र ऊर्जा सुरक्षाको सुनिश्चितता गर्न विधेयक ल्याउनुपरेको स्पष्ट पारे । विधेयकमाथिको सैद्धान्तिक छलफलमा कान्तिका सेजुवाल, डा अमरेशकुमार सिंह, अमनलाल मोदी, शिशिर खनाल, सुनिता बराल, विमला सुवेदी, कालुराम राई, प्रेम सुवाल, मैना कार्की, ज्ञानेन्द्रबहादुर कार्की, सराज अहमद फारुकी, चन्दा कार्की भण्डारी, नारायणप्रसाद आचार्य, रामहरि खतिवडा, मनीष झा, रणेन्द्र बराली, उर्मिला माझी, राजेन्द्रकुमार केसी, दयालबहादुर शाही, ठाकुरप्रसाद गैरे, अम्बरबहादुर रायमाझी र माधव सापकोटाले भाग लिएका थिए ।
सांसद शिशिर खनालले विधेयकको सैद्धान्तिक छलफलमा राखेको विचार जस्ताको तस्तै :
''नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको सैद्धान्तिक छलफलको क्रममा छौँ । विधेयकले नवीकरणीय ऊर्जाको विकास र प्रवर्द्धन गर्न खोजेको देखिन्छ Energy efficient ऊर्जा दक्षता प्रविधि र उपकरणको प्रयोगमा जोड दिएको छ म्यान्डेटरी इनर्जी अडिट को परिकल्पना गरेको छ केही funding इन्सेन्टिभ स्ट्रक्चरहरूको पनि प्रावधान छ । नियमनकारी निकायको व्यवस्था गरेको छ । यी एकदमै सकारात्मक छन् तर त्यसका बावजुद पनि विधेयकमा केही समस्याहरु मैले देखेको छु ।
विधेयकको दफा चारमा नवीकरणीय ऊर्जा सम्बन्धी आयोजना तथा कार्यक्रम सञ्चालन गर्न विधेयकले परिकल्पना गरेको एउटा केन्द्र मा प्रस्ताव पेश गर्ने भनेको छ जलविद्युत पनि फेरि यही विधेयकले नविकरणीय उर्जा को एउटा स्वरूप मान्छ संसारभरि नै त्यसलाई मानिन्छ । भनेपछि अब हाइड्रो बनाउनु पर्यो भने एउटा व्यवसायीले भने फेरी एडिसनल लेयरको एउटा स्वीकृतिको प्रावधानमा एउटा रेड टेप क्रिएट गरेको र यसले Conflicting हामीले जलविद्युत सँग सम्बन्धित अन्य कानुनहरू पनि बनाएका छौं र यो विधेयकमा भएको प्रावधानले कन्फ्लिक्टिङ म्यान्डेट क्रिएट गर्न खोजेको जस्तो देखिन्छ । दफा ११मा एउटा राष्ट्रिय स्तरको नीतिगत समितिको परिकल्पना गरेको छ मन्त्रीज्यूको अध्यक्षतामा हुने तर त्यसमा चाहिँ नवीकरणीय ऊर्जाको पहुँच विस्तारमा तिनै तहको सरकारले काम गर्ने भनेको छ । त्यो समितिमा स्थानीय सरकारहरूको प्रतिनिधित्व छ तर प्रदेशको प्रतिनिधित्व छैन भनेपछि सबै पछिल्लो समयको विधेयकहरु हेर्दाखेरि हामीले प्रदेशलाई बिर्सिएकै जस्तो देखिन्छ संघीयतालाई राम राम भने हुने जस्तो अहिलेको प्रावधान देखिन्छ।तेस्रो नेपालमा इम्पोर्ट हुने सबै खाले टेक्नोलोजीसँग इनर्जीसँग सम्बन्धित उपकरणहरुको विधेयकले स्थापना गरेको एउटा ल्याबले टेस्ट गर्नुपर्ने म्यान्डेटरी व्यवस्था गरेको छ । हामीले सबै खाले उपकरणको टेस्ट गर्न सक्ने त्यो क्षमताको ल्याब Nepal ma हामीले बनाउन सक्छौ कि सक्दैनौं हामीले इन्टरनेसनल्ली टेस्टेड प्रविधिहरूलाई मान्यता दिने कि नदिने यसबाट पनि फेरि अर्को व्यवसायीहरुलाई झन्झट क्रिएट गर्ने रेड टेप क्रिएट गर्ने किसिमको प्रावधान देखिन्छ यो अलिकति सहजीकरणको बाटोमा हामीले जानुपर्ने त्यो बाटोमा जान सकेको छैन। साथै यही विधेयकले पालिकाहरूलाईसम्म पनि ल्याब बनाउन दिने अधिकार दिन्छ हरेक पालिकामा ल्याब भयो भने त्यसको स्ट्यान्डराइजेसन काम कसले गर्छ कुरामा यो मौन छ । त्यो अर्को झमेलामा हामी फस्दैछौ विधेयकले कतै पनि हामी पेरिस क्लाइमेटलगायत अन्य त्रिटीहरुमा गरेको कमिटमेन्ट प्रतिबद्धताको कतै गोलहरु सेट गरेको छैन हामीले आफै पनि २०३० सम्म ९० प्रतिशत प्राइभेट भेइकल इबी हुने भनेका छौँ तर राष्ट्र बैंकले नेपालको सरकारको नीतिभन्दा बाहिर गएर डाउन पेमेन्ट १० बाट २० बाट ४० पुर्याइदिएको छ यस्तो झन्झटहरू हामीले क्रिएट गरिरहेका छौं Inconsistent पोलिसीहरू बनाइरहेका छौं रिसर्च र इनोभेसनको कुराकतै पनि छैन यो एकदमै नयाँ विषय तर रिसर्च इनोभेसनको फन्डको कुरा कतै पनि छैन हामीले त्यतातर्फ ध्यान दिनुपर्छ जस्तो देखिन्छ र यो विधेयकबाट पर्न सक्ने आर्थिक व्यवहार अत्यन्त फितलो टिप्पणी गरेको छ यो विधेयकले कति आर्थिक व्यवहार राज्यलाई पर्ने हो भन्ने बारे थप घनि छलफल हुनुपर्ने मैले देखेको छु यो विधेयक मार्फत EIA जस्तो झारा टार्ने एउटा Institution नबनोस थप परिमार्जनसहित हामी दफावार छलफलमा संलग्न हुनेछौं धन्यवाद ।''