नेपाल हङकङसँग २ रनले पराजित

मंगलबार, फागुन २७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । नेपाली महिला क्रिकेट टोली सोमबार महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा हङकङसँग २ रनले पराजित भएको छ । शृंखलाको तेस्रो खेलमा नेपालको यो दोस्रो हार हो । त्यसैले नेपाल २ अंकमै सीमित छ । हङकङको भने यो लगातार दोस्रो जित हो । टोलीको ४ अंक भएको छ । जितका लागि १ सय १ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाएर ९८ रनमै सीमित रह्यो । नेपाललाई जितका लागि अन्तिम बलमा ४ रन चाहिएको थियो । तर अन्तिम बल सामना गरेकी ईश्वरी विष्टले एक रनमात्र जोड्न सकिन । नेपालबाट इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन् । पूजा महतोले १९ र विन्दु रावलले १४ रन बनाए । हङकङकी मारिको हिलले २ विकेट लिइन् । पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर सय रन बनाएको थियो । त्यसमा नताशा मिल्सले ३५ र मारिको हिलले २१ रन बनाए । नेपाली बलरमध्ये इन्दु र ईश्वरीले समान २ विकेट लिए ।

h-1741648960.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार