७ महिनामा ९ खर्ब रेमिट्यान्स, ७.३ प्रतिशतले बढ्यो

मंगलबार, फागुन २७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा रेमिट्यान्समार्फत ९ खर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ७.३ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको १ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत(नयाँ० लिने नेपालीको संख्या २ लाख ७४ हजार ६ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८ सय ८६ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४ सय ३२ र १ लाख ५७ हजार ४५ रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार