सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर गरिएको छ । सोमवार साँझ ललितपुरको क्यूएफएक्स लाविम मलमा गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै फुटबल खेलाडीको उपस्थिति थियो । प्रिमियर शोमा पुगेका अभिनेता दयाहाङ राईले अञ्जिलाको संघर्षको तारिफ गर्दै चलचित्र सफलताको कथा बनेको बताए । उनले अञ्जिला सम्झनलायक चलचित्र बनेको भन्दै भने, ‘खेल र कलालाई नजिकबाट मैले नियाल्दा यो सफलताको कथा हो । सम्पुर्ण नेपालीहरुलाई प्रोत्साहन गर्ने चलचित्र हो । केही गर्न सकिन भन्नेहरुलाई यसले बल, तागत दिन्छ ।’ यसैगरी, निर्देशक मिलन चाम्सले कप्तान सुब्बाको जीवनीको ९० प्रतिशत कथालाई चलचित्रमा समावेश गरेको बताए । उनले सिनेमा चुनौतीपुर्ण रहेको पनि बताए । उनले भने, ‘वायोपिक सिनेमा गर्न गाह्रो हुन्छ । यो सिनेमा आफैमा चुनौतिपुर्ण हो । रियल स्ट्रोरीको परिधिमा रहेर बनाएको दस्ताबेज हो । राम्रो कोसिश गरेका थियौ । आजको प्रतिक्रियाले खुसी मिलेको छ ।’ यस्तै प्रिमियर शोमा पुगेका पत्रकार प्रकाश सुवेदिले यो सिनेमा यथार्थपरक भएकाले भावुक बनाउने बताए । उनले निर्देशक मिलन चाम्स र निर्माता प्रेम कुमार श्रेष्ठको खुलेर तारिफ गरे ।