सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मंगलबार, फागुन २७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रति तोला पाँच सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार