पीएम कपमा कर्णालीमाथि गण्डकी ४ विकेटले विजयी

मंगलबार, फागुन २७, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । जारी पीएम कपमा गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि ४ विकेटको जित हासिल गरेको छ । मंगलबार देउखुरी क्रिकेट रंगशालामा सम्पन्न खेलमा गण्डकीले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो । कर्णाली प्रदेशले दिएको मात्र ९२ रनको लक्ष्य पछाएको गण्डकीले २९.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै कर्णालीले २७.२ ओभरमा अल आउट हुदै ९१ रन बनाएको थियो । जारी पीएम कपमा गण्डकीको यो पहिलो जित हो ।  गण्डकीले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।  त्यस्तै कर्णालीको पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार