क्यानले गर्‍यो ३३ खेलाडीसँग बार्षिक सम्झौता, को को परे  ?

बुधबार, फागुन २८, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ३३ पुरुष क्रिकेट खेलाडीलाई दिएको बार्षिक सम्झौताको सूची सार्बजनिक गरेको छ ।
क्यानले ए, बि, सी र डी तथा इमार्जीङ गरि पाँच तहमा खेलाडीलाई बर्गिकरण गरेर खेलाडीसँग बार्षिक सम्झौता गरेको हो । क्यानले ए सूचीमा रहेका पाँच खेलाडीलाई प्रतिमहिना एक लाख, बी सूचीमा रहेका पाँच खेलाडीलाई प्रति महिना ७० हजार, सी सूचीमा रहेका चार जनालाई प्रति महिना ५५ हजार, डी सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना ३५ हजार र इमर्जिङ सूचीमा रहेका ७ खेलाडीलाई प्रति महिना २५ हजार दिने जनाएको छ ।

खेलाडीको सूची यस्तो छ  :

    
१९ महिला क्रिकेट खेलाडीसँग पनि बार्षिक सम्झौता 
क्यानले आजै १९ महिला क्रिकेट खेलाडीलाई दिएको बार्षिक सम्झौताको सूची सार्बजनिक गरेको छ । क्यानले ए, बि, सी र डी गरि चार तहमा खेलाडीलाई बर्गिकरण गरेर खेलाडीसँग बार्षिक सम्झौता गरेको हो ।
क्यानले ए सूचीमा रहेका ४ महिला खेलाडीलाई प्रतिमहिना ५० हजार, बी सूचीमा रहेका एक खेलाडीलाई प्रति महिना ३५ हजार, सी सूचीमा रहेका २ जनालाई प्रति महिना २५ हजार र डी सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना २० हजार दिने जनाएको छ । क्यानले यो सूचीमा पहिलो ६ महिनापछि पुनर्मूल्यांकन गर्ने जनाएको छ ।
 
खेलाडीको सूची यस्तो छ    

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार