प्याब्सनको नवनिर्वाचित पदाधिकारीहरुले लिए शपथ

बिहीबार, फागुन २९, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । निजी विद्यालयका छाता संगठन प्याब्सनको नवनिर्वाचित समितिका पदाधिकारीहरुले शपथग्रहण गरेका छन। बुधबार प्याब्सनको कार्यालय तिनकुनेमा आयोजित एक समारोहकाबीच १६ औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुले शपथग्रहण गरेको हो । शथग्रहणपछि निर्विरोध नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन सम्पन्न भएको जानकारी दिए । उनले भने, असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन भएको थियो । राम्रो राम्रो साथिहरु छानिएर आउनुभयो । जो छानिनुभएन उहाँहरु पनि असल हुनुहुन्थ्यो ।’ 
त्यस्तै उनले पहिलो प्राथमिकता शिक्षा विधेयक नै रहेको र विधेयकमा  विद्यालयहरु कम्पनिमा नै रहनुपर्ने कुरालाई समेट्नुपर्ने मुद्दा रहेको बताए । उनले भने,‘हाम्रो सम्पति कम्पनिमा नै रहोस् । पुस्तान्तरण होस् भन्ने हामी चाहान्छौं । हामीसँग विभिन्न मुद्दाहरु छन् । किन्ने सामानहरुमा बढि कर तिरेको छौं । त्यसबारे सरकारमा कुरा राख्नेछौं । पहिलो प्राथमिकता हाम्रो शिक्षा विधेयक नै हो । हाम्रा विद्यालय कम्पनिमा रहनुपर्छ । भन्ने पहिलो मुद्दा हो ।’

Photo-(2)-1741828734.jpg
 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार