चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै

बिहीबार, फागुन २९, २०८१
मयुर प्लाई

काठमाडौँ । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत आयोजक युगाण्डाको सामना गर्दै छ । नेपाली समय अनुसार यो खेल अपराहन्न ४: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक र हङकङसँग एक पटक हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो ।  यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।   
 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार