पीएम कपमा आज तीन खेल हुँदै

बिहीबार, फागुन २९, २०८१
मयुर प्लाई

काठमाडौँ । जारी पीएम कपमा आज तीन खेल हुँदै छन् । आज एपीएफ र मधेश प्रदेशबीच खेल हुँदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुँदै छ । जारी प्रतियोगितामा एपीएफ र मधेश प्रदेश दुवै आ-आफ्नो पहिलो खेल जितेर विजयी शुरुवात गरेका छन् । त्यस्तै आज अर्को खेल त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच खेल हुँदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ८ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा त्रिभुवन आर्मीले आफ्ना दुवै खेलमा जित हासिल गरेर उत्कृष्ट शुरुवात गरेको छ भने कर्णालीले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ । त्यस्तै आज अर्को खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच हुदै छ । सिद्धार्थ रंगशालामा हुने यो खेलमा बिहान ९ बजेदेखि शुरु हुने छ । गण्डकी र लुम्बिनीले अहिलेसम्म खेलेका २-२ खेलमा एक एक जित र एक एक खेलमा हार बेहोरेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार