सरकारी जग्गा नमिचेको काँग्रेस नेता डा.केदारनरसिंह केसीको दाबी

शनिबार, चैत २, २०८१
मयुर प्लाई

काठमाडौं । नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवम कांग्रेस नेता डा.केदारनरसिंह केसीले आफूले सरकारको जग्गा एक इन्च समेत प्रयोग नगरेको दाबी गरेका छन् । तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोकको जग्गा हड्पेको भन्दै संसदमा प्रश्न उठेपछि उनले शनिबार पत्रकार सम्मेलन गर्दै सरकारी जग्गा केदारनरसिंहले कब्जा गर्‍यो भनेर अफवाह फैलाइएको पनि बताए ।  उनले भने, ‘मलाई सरकारको जग्गा एक इन्च पनि चाहिँदैन । यसरी आरोप लगाउँदैमा म डराएर बस्नेमा पर्दिन । तर सहयोग, समन्वय, सद्भावको लागि सधैं तयार छु । सरकारी जग्गा केदारनरसिंहले कब्जा गर्‍यो भनेर अफवाह फैलाइयो । बास्तवमा यो दुर्भाग्यपूर्ण र अत्यन्त संवेदनशिल छ । प्रतिनिधि सभाका युवा साथीहरूले सत्यतथ्य नबुझी जुन अभिव्यक्ति दिनुभयो त्यो वास्तवमै युवाहरूकै लागि कंलक हो । अथवा युवाहरूको लागि अत्यन्तै दुर्भाग्य हो । किनभने जानीबुझी मात्र अभिव्यक्ति दिनुपर्छ ।’ साथै  उनले  ६२ नम्बर कित्ताको जग्गा मालपोत कार्यालयले नै आफ्नो नाममा रहेको क्लियर समेत गरिसकेको बताए । उनले ६३ नम्बर कित्ताको जग्गा सरकारको नाममा ६२ र ६१ कित्ताको जग्गा श्रीमती र आफ्नो नाममा रहेको बताए । उनले भने, ‘६२ नम्बर कित्ताको जग्गामा मालपोत कार्यालय क्लियर छ । जो मेरो नाममा छ तर ६३ नम्बर कित्ताको जग्गा सरकारको नाममा छ । यो पनि क्लियर छ । ६१ नम्बरको कित्ता मेरो श्रीमतीको नाममा छ । ६१ कित्ताको जग्गामा तीन आना दुई पैसा दाम छ । मालपोतले केही जग्गा स्क्वायरफिट सट्टापट्टा गरेको हो । जसमा मेरो श्रीमतीको नामको ६१ नम्बरको कित्ताबाट केही जग्गा सार्वजनिकमा हालेर अर्थात सडकमा हालेर ६२ नम्बर कित्ता मेरो नाममा हालेको हो ।’

Photo-(4)-1742029361.jpg
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार