सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । युगाण्डामा जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि आज नेपालले हङकङसँग खेल्दैछ । नेपाली समय अनुसार यो खेल अपराह्न १२ः४५ बजेदेखि सुरु हुनेछ । सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो । नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक युगाण्डा र हङकङलाई एक–एक खेलमा पराजित गरेको थियो । अब तेस्रो स्थानमा लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन् । त्यस्तै फाइनलमा भने शीर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन् ।