पीएम कपमा आज तीन खेल हुँदै

आइतबार, चैत ३, २०८१
मयुर प्लाई

काठमाडौँ । जारी पीएम कपमा आज तीन खेल हुँदै छन् । आज नेपाल लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने बागमती प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ । त्यस्तै आज अर्को खेल एपीएफ क्लब र कर्णाली प्रदेशबीच हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा एपीएफले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने कर्णाली प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ । त्यस्तै आज अर्को खेल कोशी प्रदेश र गण्डकी प्रदेशबीच हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेको छ भने गण्डकी प्रदेशले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ । 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार