राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

आइतबार, चैत ३, २०८१
मयुर प्लाई

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आगामी कार्यक्रम तथा आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा छलफल हुने उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार