रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

आइतबार, चैत ३, २०८१
मयुर प्लाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । रास्वपाले आज दिउँसो ४ बजे केन्द्रिय सचिवालय बैठक बोलाएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । आजको बैठकमा अघिल्लो बैठकहरूको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिको विषयमा छलफल हुने छ भने पार्टीको आगामी कार्यक्रम सम्बन्धी प्रस्तावित प्रतिवेदनमाथि छलफल हुने झाले जानकारी दिएका छन् ।त्यस्तै बैठकमा केन्द्रीय समितिको विस्तारित बैठक सम्बन्धी प्रस्ताव तथा पार्टीका नियमित गतिविधि बारे छलफल हुने कार्यसुची रहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार