अस्पताल भर्ना भएको ३१ दिनपछि पोपको तस्वीर सार्बजनिक

सोमबार, चैत ४, २०८१
मयुर प्लाई

काठमाडौँ । गत फेब्रुअरी १४ मा अस्पताल भर्ना भएका पोप फ्रान्सिसको पहिलो पटक तस्बीर सार्बजनिक गरिएको छ । भ्याटिकनले आइतबार राति अस्पतालबाट पोप फ्रान्सिसको तस्बिर जारी गरेको हो । यस तस्विरमा पोप रोमको जेमेली अस्पतालको एक निजी चैपलमा ह्वीलचेयरमा बसिरहेको देखिन्छ । भ्याटिकनका अनुसार पोपले आइतबार पनि थोरै काम गरेका थिए । पोप अस्पताल भर्ना भएको आइतबार ३१ दिन पुरा भएको छ । फेब्रुअरी १४ मा अस्पताल भर्ना भएपछि यो उनको पहिलो तस्बिर हो । ८८ वर्षीय पोप निमोनियाबाट पिडित छन् । उनको स्वास्थ्यमा अहिले सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार