'राप्रपा आफ्ना सबै गतिविधिहरुलाई आन्दोलन केन्द्रित बनाएर अगाडि बढ्छ' 

मंगलबार, चैत ५, २०८१
मयुर प्लाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकले पुर्व निर्धारित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका छन् ।  पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘आज हामीले बैठक बोलाउदा नै आन्दोलनसँग केन्द्रित भनेका थियौ । आजको बैठकले पुर्व निर्धारित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र आउदो १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक बसाएर थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने निर्णय गरेको छ । अब राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्ना सबै गतिविधीहरुलाई आन्दोलन केन्द्रित बनाएर जाने छ ।’उनले यो आन्दोलनमा समान विचार राख्ने अन्य राजनीतिक दल, समुह, व्यक्तिहरुलाई पनि सहकार्यका लागि आव्हान गरेका छन् । 

Photo4-1742310461.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  २०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार