विपिन जोशीको सुरक्षित रिहाइका लागि प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिसँग टेलिफोन

बिहीबार, चैत ७, २०८१
मयुर प्लाई

काठमाडौं । प्यालेस्टिनी समूहले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि कूटनीतिक प्रयत्न गरिदिन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानसँग टेलिफोन वार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार अपराह्न टर्कीका राष्ट्रपति  इर्दोगानलाई टेलिफोन गरेर विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् । जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिएको र आवश्यक पहल गर्ने र यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा ७ अक्टोबर २०२३ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीमा आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेसेपले स्मरण गराएका थिए । त्यस क्रममा दुई नेताबीच आर्थिक तथा विज्ञान(प्रविधिका क्षेत्रमा सहकार्यका विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुरानकारी गरेका थिए । आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेसेपले स्मरण गराए ।  संवादका क्रममा आर्थिक एवम् विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे कुराकानी भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार