संङघीय संसदका तीन समितिको बैठक बस्दै

शुक्रबार, चैत ८, २०८१
मयुर प्लाई

काठमाडौं । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । तीनवटै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने तीनवटा अजेन्डामा छलफल हुनेछन्  । समिति अन्तर्गतका उपसमितिहरुमा सदस्य थप तथा हेरफेर, विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा उपसमिति गठन र शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ । जुन बैठक ११ः०० बजेवाट सुरू हुनेछ । साथै, सार्वजनिक लेखा समितिको बैठकमा भने समितिमा प्राप्त उजुरी उपर छलफल सम्बन्धमा हुनेछ । लेखा समितिले यसअघि नै १०० वटा उजुरी सार्बजनिक गरिसकेको छ । 

राष्ट्रियसभाको बैठक पनि बस्दै

आज राष्ट्रियसभाको पनि बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह ११ः१५ देखि सुरू हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार