ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश

शुक्रबार, चैत ८, २०८१
मयुर प्लाई

ठोरी । ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जारी ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गत मधेसको अन्तिम कार्यक्रममा कांग्रेस उपसभापति माओवादीमा प्रवेश गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार पर्सा जिल्ला ठोरी गाउँपालिकामा जनभेटघाट तथा जनसभामार्फतनेपाली कांग्रेस ठोरी गाउँपालिका उपसभापति केदारबहादुर देउजा पार्टीमा प्रवेश गरेका हुन् । सचिवालयका अनुसार देउजा लगायत विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेकालाइ अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार