लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित

शनिबार, चैत ९, २०८१
मयुर प्लाई

लन्डन । बेलायतको सबैभन्दा भन्दा ठुलो एअरपोर्ट नजिक आगलागी भएको छ । जसका कारण युनाइटेड किंगडमको हिथ्रो विमानस्थल शुक्रबार मध्यरातसम्म बन्द हुने भएको छ, जसले हजारौं यात्रुहरूको पुर्ववतयोजनामा जानवाट फस्न पुगेका छन् । लन्डनको मुख्य एयरपोर्ट, जुन युरोपको सबैभन्दा व्यस्त गेटवे एअरपोर्ट मानिन्छ । सो बिमानस्थलका अनुसार बिमान स्थलमा बिधुत आपूर्ति गर्ने सबस्टेशनमा आगलागीका कारण समस्या देखा परेको छ ।  ‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम गर्नका लागि हिथ्रो २१ मार्चको २४ घन्टा सम्म बन्द रहनेछ,’ हिथ्रो बिमानस्थलले एक्सको एक पोस्टमार्फत जानकारी दिएको छ। ‘तत्कालका लागि यात्रुहरूलाई यस एयरपोर्टमा यात्रा नगर्न सल्लाह दिइन्छ र थप जानकारीको लागि तिनीहरूको एयरलाइनमा सम्पर्क गर्नुहोला, हामी असुविधाको लागि क्षमा चाहन्छौं ।’ उडान ट्र्याकिङ वेबसाइट फाइट राइडर २४ले भन्यो कि, यो बन्दले कम्तीमा १३५१ उडानहरूलाई असर गरेको छ ।’ ‘हामी यात्रुहरूलाई एयरपोर्टमा यात्रा गर्नबाट रोक्न प्रयास गर्दैछौं, र त्यसपछि ढिलाइ, डाइभर्ट वा रद्द गरिएका उडानहरूमा एयरलाइन साझेदारहरूसँग काम गर्छौं,’ हिथ्रोका प्रवक्ताले पत्रकारहरूसँग भने, ‘यात्रुहरूले पुनः बुकिङमा कायम गर्न एयरलाइन साझेदारहरूसँग सम्पर्क गर्न सक्छन् ।’

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ०५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार