समयमै कर तिर्न ललितपुर महानगरपालिकाको आह्वान

समग्रमा ६३.२८ प्रतिशत कर उठाउन महानगर सफल 
शनिबार, चैत ९, २०८१
मयुर प्लाई

पुल्चोक (ललितपुर) । ललितपुर महानगरपालिकाले सम्पत्ति कर दाखिला गर्न बाँकी नगरवासी तथा आफ्नो क्षेत्र भित्र व्यवसाय गरिरहेका व्यवसायीलाई कर (राजश्व) दाखिला गर्न सूचित गरेको छ । महानगरको राजश्व प्रशासन महाशाखाले सम्पत्ति कर तिर्न बाँकी ७ हजार ५०० जना नगरवासी तथा व्यवसाय कर बक्यौता रहेका ९४८० जना व्यवसायीलाई एसएमएसमार्फत राजश्व दाखिला गर्न सूचित गरेको हो ।  ‘तपाईं करदाता स.न............. वडा न. ....... ले ललितपुर महानगरपालिकामा बुझाउनु पर्ने आ।व ०८०/०८१ सम्मको सम्पत्ति कर बक्यौता रु. .......... र आ.व. ०८१/०८२ को नियमित करहरू समेत सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी बुझाउनु हुन जानकारी गरिन्छ’, राजस्व प्रशासन महाशाखाले ७ हजार ५ सय जना नगरवासीलाई एसएमएसमार्फत भनेको छ ।  यस्तै राजस्व प्रशासन महाशाखाले व्यवसाय कर बक्यौता रहेका ९ हजार ४८० व्यवसायीलाई पनि महाशाखाले सोही प्रकारको व्यहोरा उल्लेख गरी एसएमएस पठाएको छ ।  महानगरपालिकाले सम्पत्ति कर (घर जग्गा), भूमिकर/मालपोत, घर बहाल कर, विटौरी कर, सवारी साधान कर, विज्ञापन कर, अन्य मनोरञ्जन कर, व्यवसाय रजिष्ट्रेशन दस्तुर, जडिबुटी, कवाडी तथा जीवजन्तु शीर्षकमा नगरवासी तथा व्यवसायीमार्फत राजश्ज (कर) उठाउने गर्दछ ।  राजश्व प्रशासन महाशाखा प्रमुख सहजित राईले नगरवासी तथा व्यवसायीहरूलाई समयमै कर तिरेर महानगरले दिने सेवा–सुविधा सहज ढंगले उपयोग गर्ने वातावरण बनाउन आह्वान गर्दै एसएमएस पठाइएको जानकारी दिनुभयो ।

sahajit-1742609586.jpg
सबै सेवाग्राहीलाई एसएमएस पठाएर राजश्व दाखिला गर्न भनिएको छ, त्यसपछि पत्र पठाउने तयारी महाशाखाले गरेको छ ।  महानगरपालिकाले यी विभिन्न शीर्षकबाट आ.व. ०८०/०८१ मा १ अर्ब ३७ करोड १८ लाख ३९ हजार ५९० रुपैयाँ कर उठाउने लक्ष्य राखेको थियो । अघिल्लो आ.व को फागुन मसान्तसम्म ८३ करोड ७४ लाख ३ हजार २५४ रुपैयाँ कर उठेको थियो । महानगरले चालु आर्थिक वर्ष २०८१/०८२ मा अघिल्लो आर्थिक वर्षको भन्दा थोरै कम अर्थात १ अर्ब २८ करोड, ८८ लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा फागुन मसान्तसम्म ८१ करोड ५४ लाख ९४ हजार ३८२ रुपैयाँ राजश्व उठाएको छ । यो चालु आ.व.मा लिइएको लक्ष्यको ६३.२८ प्रतिशत हो । 
महानगरपालिकाले सम्पत्ति कर (घर जग्गा) शीर्षकबाट आ.व. ०८०/०८१ मा ३५ करोड २२ लाख ७४ हजार ६४९ रुपैयाँ कर उठाउने लक्ष्य राखेको थियो । अघिल्लो आ.व को फागुन मसान्तसम्म २६ करोड ६६ लाख ३ हजार २९२ रुपैयाँ कर उठेको थियो । चालु आर्थिक वर्ष २०८१/०८२ मा सोही शीर्षकमा ३३ करोड राजश्व उठाउने लक्ष्य राखेकोमा फागुन मसान्तसम्म २२ करोड ७२ लाख ३२ हजार ५१० रुपैयाँ राजश्व उठाएको छ । यो चालु आ.व.मा लिइएको लक्ष्यको ६८.८६ प्रतिशत हो ।  यस्तै महानगरपालिकाले भूमिकर/मालपोत शीर्षकबाट आ.व. ०८०/०८१ मा ६६ लाख ६० हजार ९०५ रुपैयाँ कर उठाउने लक्ष्य राखेको थियो । अघिल्लो आ.व को फागुन मसान्तसम्म ५ लाख ९३ हजार ६४७ रुपैयाँ कर उठेको थियो । महानगरपालिकाले आ.व. ०८१/०८२ मा भूमिकर/मालपोत शीर्षकबाट ७० लाख रुपैयाँ कर उठाउने लक्ष्य राखेको थियो । चालु आ.व. को फागुन मसान्तसम्म ४८  लाख ७२ हजार ९४४ रुपैयाँ कर उठेको छ । यो लक्ष्यको ६९.६१ प्रतिशत हो ।  यस्तै महानगरपालिकाले घर बहाल कर शीर्षकबाट आ.व. ०८०/०८१ मा ८४ करोड ९९ लाख ३६ हजार ८२६ रुपैयाँ कर उठाउने लक्ष्य राखेको थियो । अघिल्लो आ.व को फागुन मसान्तसम्म ४ करोड १६ लाख ८० हजार ५६६ रुपैयाँ कर उठेको थियो । महानगरपालिकाले आ.व. ०८१/०८२ मा बहाल कर शीर्षकबाट ७१ करोड रुपैयाँ कर उठाउने लक्ष्य राखेकोमा चालु आ.व. को फागुन मसान्तसम्म ४६ करोड ४ लाख ५५ हजार २१८ रुपैयाँ कर उठेको छ । यो लक्ष्यको ६४.८५ प्रतिशत हो ।  यस्तै महानगरपालिकाले व्यवसाय रजिष्ट्रेशन दस्तुर शीर्षकबाट आ.व. ०८०/०८१ मा १२ करोड ८ लाख २७ हजार ९३८ रुपैयाँ कर उठाउने लक्ष्य राखेको थियो । अघिल्लो आ.व को फागुन मसान्तसम्म ६३ लाख २१ हजार ३३१ रुपैयाँ कर उठेको थियो । महानगरपालिकाले आ.व. ०८१/०८२ मा सोही शीर्षकबाट १४ करोड रुपैयाँ कर उठाउने लक्ष्य राखेकोमा चालु आ.व. को फागुन मसान्तसम्म ८ करोड ५ लाख ११ हजार ६२५ रुपैयाँ कर उठेको छ । यो लक्ष्यको ५७.५१ प्रतिशत हो ।  यस्तै महानगरपालिकाले जडिबुटी, कवाडी तथा जीवजन्तु शीर्षकबाट आ.व. ०८०/०८१ मा ४ करोड २१ लाख ३९ हजार २७० रुपैयाँ कर उठाउने लक्ष्य राखेको थियो । अघिल्लो आ.व को फागुन मसान्तसम्म ८४ लाख ८४ हजार ४१६ रुपैयाँ कर उठेको थियो । महानगरपालिकाले आ.व. ०८१/०८२ मा सोही शीर्षकबाट १० करोड १८ लाख रुपैयाँ कर उठाउने लक्ष्य राखेकोमा चालु आ.व. को फागुन मसान्तसम्म ४ करोड २४ लाख २२ हजार ८३ रुपैयाँ कर उठेको छ । यो लक्ष्यको ४१.६७ प्रतिशत हो । 
महानगरपालिकाले सरकारी सम्पत्ति बहाल, सरकारी सम्पत्ति बिक्री, बिक्री तथा निकासी शुल्क( बोलपत्र फाराम, नक्सा फाराम, अन्य फाराम, कम्पोष्ट विन बिक्री), अन्य सेवा शुल्क (वातावरण महसुल, पर्यटन सेवा शुल्क, सार्वजनिक सुविधा उपयोग सेवा शुल्क (शौचालय), अचल सम्पत्ति मूल्याङ्कन तथा आयस्रोत प्रमाणित शुल्क, वारुणयन्त्र व्यवस्थापन सेवा शुल्क, अन्य सेवा शुल्क(विद्युत्, खानेपानी, घर पाताल सिफारिश तथा अन्य सेवा वापत), यल युवालय (विद्युत् महशुल), दस्तुर (पार्किङ शुल्क, नक्सा पास/नियमित/नामसारी दस्तुर, नक्सा अभिलेखिकरण, सिफारिश दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, नाता प्रमाणित, दर्ता नविकरण दस्तुर (निवेदन, नक्कल, मिलापत्र), दण्ड जरिवाना र जफत, साँवा, व्याज लाभांश, बोनश धरौटी जफत तथा सदस्यता, पेश्की फिर्ता तथा बेरुजु फछ्र्यौट, आन्तरिक श्रोतबाट आय, बाँडफाँड भई प्राप्त हुने विज्ञापन कर, बाँडफाँड भई प्राप्त हुने मनोरञ्जन कर, घर जग्गा रजिष्ट्रेशन शुल्क (मालपोतबाट प्राप्त), लागत सहभागिताबाट राजश्व आम्दानी गर्ने गर्दछ । 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार