सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) आज शनिवारबाट सुरु हुँदै छ । आजवाट सुरु हुने खेलमा १० वटा टिमले प्रतिस्पर्धा गर्दैछन भने प्रतियोगिताको उद्घाटन समारोह कोलकातास्थित इडन गार्डेनमा हुनेछ । उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बीच पहिलो प्रतिस्पर्धा हुनेछ । शाहरूख खानको कोलकाताले घरेलु मैदानमा आफ्नो भारी समर्थकका बीचमा विराट कोहलीको टिम आरसीबी बीच भब्य प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगितामा जम्मा ७४ वटा खेल हुनेछन् । यस पटक आइपीएल भारतका २३ वटा राज्यका ५० वटा सहरमा आयोजना हुनेछ । यो संस्करणको आइपीएल १० हप्ता लामो हुनेछ।