सिमापार गर्ने क्रममा गत वर्ष ९ हजार आप्रावासीको मृत्यु

शनिबार, चैत ९, २०८१
मयुर प्लाई

काठमाडौं । गत वर्ष करिब ९ हजार मानिसले सीमा पार गर्ने प्रयासमा ज्यान गुमाएका छन् । संयुक्त राष्ट्र संघको आप्रवासन निकायका अनुसार मृत्युको संख्याले लगातार पाँचौं वर्षको लागि नयाँ डरलाग्दो रेकर्ड कायम गरेको छ । सन् २०२० यता आप्रवासी मार्गमा मृत्यु हुनेको संख्या दोब्बरसमेत भएको छ । इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनले २०२४ मा ८,९३८ आप्रवासी मृत्युहरू रेकर्ड गरेको जनाएको छ । धेरै मृत्युहरू रिपोर्ट नगरिएका वा कागजात नभएकाले वास्तविक मृत्युको संख्या धेरै बढी हुनसक्ने उसले विज्ञप्तिमार्फत जनाएको छ । ‘मृत्युको बृद्धि आफैमा भयानक छ, तर प्रत्येक वर्ष हजारौंको पहिचान हुन नसकेको तथ्य अझ दुःखद छ,’ आईओएमको हराएको आप्रवासी परियोजनाका संयोजक जुलिया ब्ल्याकले विज्ञप्तिमा भनेकी छिन् । आईओएमका अपरेसनका लागि उपमहानिर्देशक, उगोची डेनियलले भने, ‘विश्वका धेरै क्षेत्रहरूमा मृत्युको वृद्धिले हामीलाई अन्तर्राष्ट्रिय समग्र प्रतिक्रिया किन चाहिन्छ भनेर देखाउँछ, जसले थप दुखद जीवनको क्षतिलाई रोक्न सक्छ।’

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार