सुन र चाँदी दुवैको भाउ घट्यो

आइतबार, चैत १०, २०८१
मयुर प्लाई

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।  यता, आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १९ सय ८० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १९ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार