पोप फ्रान्सिस ३८ दिन पछि डिस्चार्ज 

आइतबार, चैत १०, २०८१
मयुर प्लाई

काठमाडौं । दुवै फोक्सोमा निमोनिया भएर ३८ दिनदेखि अस्पताल भर्ना भएका पोप फ्रान्सिस आइतवार अस्पतालबाट डिस्चार्ज भएका छन् । यो जानकारी उनका चिकित्सकहरुले दिएका हुन् । जेमेलीको मेडिकल डाइरेक्टर डा. सर्जियो अल्फेरीले फ्रान्सिस पूर्ण रुपमा निको हुन कम्तिमा २ महिना आराम गर्नुपर्ने सुझाव दिएका छन् । फ्रान्सिसलाई ब्रोन्काइटिसका कारण १४ फेब्रुअरीमा जेमेली अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई निमोनिया भयो, जसले उनको ज्यानलाई खतरामा पारेको थियो । पोप फ्रान्सिसका डाक्टरहरूले १ महिनामा पोपको अवस्थाको बारेमा पहिलो व्यक्तिगत अपडेट प्रदान गरेका छन । यो संकेत हो कि उनले डबल निमोनियाविरुद्धको लडाईमा राम्रो र स्थिर प्रगति गरेका छन् । ८८ वर्षीय फ्रान्सिसलाई फेब्रुअरी २१ मा जेमेली अस्पतालमा ल्याइए पछि उनलाई पटकपटक सास फेर्न समस्या भएको थियो, जसले उनको अवस्था नाजुक बनाएको थियो, यद्यपि उनको अवस्था अहिले ठीक छ । अर्को समाचार अनुसार भ्याटिकनले घोषणा गर्‍यो कि फ्रान्सिस आइतवार बिहान अस्पतालमा उनको १० औं तल्लाको सुइटबाट तीर्थयात्रीहरूलाई आशीर्वाद दिन आइ पुग्नेछन् ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार