पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सोमबार, चैत ११, २०८१
मयुर प्लाई

काठमाडौं । संघीय ससंद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।  अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति,  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो ।  बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । यसैगरी बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा   संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक बर्षको कार्यक्रम,योजना र रणनीति सम्बन्धमा छलफल हुने कार्यसूची छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ व्यक्तित्व, सरोकारवालाहरु तथा अन्य सम्बन्धित पक्षहरूसँग अन्तक्र्रिया तथा छलफल गर्ने कार्यसूची छ ।  साढे १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल,गर्ने कार्यसूची रहेको छ ।  विधायन व्यवस्थापन समितिको बैठक १ बजे बस्नेछ । समितिको  बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार