लोकतान्त्रिक गणतन्त्रका पक्षमा वडा तहमा एमालेको सचेतना अभियान 

सोमबार, चैत ११, २०८१
मयुर प्लाई

काठमाडौं। लोकातान्त्रिक गणतन्त्रका पक्षमा जनमत सिर्जना गर्न एमालेले ललितपुरका सबै वडामा सचेतना अभियान सञ्चालन गरेको छ । नेकपा एमालेले देशभरका सबै वडामा एकसाथ लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनमत सिर्जना गर्न देशव्यापी सचेतना अभियान चलाउने घोषणा गरेअनुसार सबै वडाहरू अभियान गरिएको हो ।  केन्द्रको सोही घोषणा अनुरुप ललितपुरका सबै वडामा कार्यक्रम सम्पन्न गरिएको एमाले ललितपुरका जिल्ला सदस्य एवम् ललितपुर महानगरपालिका २४ नं. वडाका वडाअध्यक्ष दिनेशजङग पाण्डले जानकारी दिए ।  मुलुकमा हाल भइरहेका अलोकतान्त्रिक गतिविधिविरुद्ध जनतालाई सचेत गराउनका लागि अभियान सञ्चालन गरिएको हो । ‘प्रतिगामी चलखेललाई परास्त गरौं, लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं’ भन्ने नाराका साथ जिल्लाभरका वडामा अभियान चलाइएको उनले बताए । सोही सन्दर्भमा सोमबार साँझ नेकपा एमाले ललितपुर महानगरपालिका २४ नं. वडा कमिटि धापाखेलले तीनकुने पोखरीमा एक कार्यक्रम आयोजना गर्‍यो ।   

WhatsApp-Image-2025-03-24-at-20.30.29-1742828146.jpeg
कार्यक्रममा नेकपा एमाले नेता बाबुकाजी प्रधानले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र नभएको जिकिर गर्दै गणतन्त्रमा नै विकासका गतिविधि देखिने गरी भएको दाबी गरे ।  सभामा नेकपा एमाले ललितपुर जिल्लाका सदस्य तथा वडा नं २४ का वडाअध्यक्ष दिनेश जङग पाण्डेले लोकतान्त्रि गणतन्त्र आएपछि नै वाक तथा अभिव्यक्ति स्वतन्त्रता आएको उल्लेख गदैै गाउँ गाउँमा विकास पुगेको बताए ।  कार्यक्रममा वडा नं २३ वका वडा अध्यक्ष एवम् ललितपु एमालेका सदस्य जीवन महर्जनलेले धापाखेल एमालेको गढ भएको जनाउँदै विकासको गतिविधिलाई पनि तीब्रता दिएको जिकिर गरे ।  कार्यक्रमका सभापति वडा कमिटिका सभापति किरण श्रेष्ठले एमालेले गरेका जनपक्षिय कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।  

WhatsApp-Image-2025-03-24-at-20.30.30-1742828146.jpeg
केन्द्रीय सर्कुलर अनुसार एमालेले चैत महिनाभर विभिन्न कार्यक्रम गरी देशभर अभियान चलाउने घोषणा गरेको छ । प्रतिगामीविरुद्ध जनपरिचालन एवम् जनसचेतना कार्यक्रम मोटरसाइकल र्‍याली साथै सबै जिल्लामा जागरणसभा चैतसम्ममा आयोजना गर्दै छ । चैत २४ देखि ३० गतेसम्म प्रमुख सहरहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने निर्णय एमालेले गरेको छ। प्रदेश तहमा हुने सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने र जिल्ला तहको सभाका लागि भने आवश्यकता आधारमा केन्द्रीय नेता खटाउने एमालेको तयारी छ । पार्टी केन्द्रको यही चैत ४ गतेको सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरुप्रति गम्भीर रुपमा छलफल गरी पार्टी संविधान र यसले संस्थागत गरेको लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ। एमालेले अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिएको छ। पञ्चायतकालीन र लोकतन्त्रको अवधिमा भएका आर्थिक र सामाजिक विकासका साथै जनताको जीवनस्तरमा आएको व्यापक परिवर्तन सम्बन्धमा तथ्यगत विवरणका बारेमा एमालेले जनतालाई जानकारी गराइरहेको छ। अभियानका क्रममा पञ्चायतको अन्त्यपछि कूल ग्रार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, निरपेक्ष गरिबी दर, सडक सञ्जाल विस्तार, जनतालाई आधारभूत पिउने पानीको उपलब्धता, सञ्चार सुविधा, विद्युत उत्पादन तथा उपभोग, नेपालीको औसत आयु वृद्धि, मातृशिशु मृत्युदर घटाउन हासिल उपलब्धिबारे आम जनसमुदायलाई अवगत गराउने गरी एमालले अभियान घोषणा गरेको थियो ।

WhatsApp-Image-2025-03-24-at-20.30.29-(1)-1742828141.jpeg
WhatsApp-Image-2025-03-24-at-20.26.04-1742830371.jpeg
WhatsApp-Image-2025-03-24-at-20.29.39-1742830365.jpeg
WhatsApp-Image-2025-03-24-at-20.26.04-(2)-1742830362.jpeg
WhatsApp-Image-2025-03-24-at-20.29.37-1742830362.jpeg
 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार